काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ ।
नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ । साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।