केपी ओली टी–२० कप स् लगातार दोस्रो जितसहित बाग्मती सेमिफाइनलमा

काठमाडौं । लगातार दोस्रो जितसहित बाग्मती केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज शुक्रवार भएको खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले हरायो ।

बाग्मतीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४ र दिपेश श्रेष्ठले २ विकेट लिए ।

यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनायो । बाग्मतीका रित गौतमले ८२ र ईशान पाण्डेले ७० रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।

यसअघि हिजो बिहीवार भएको खेलमा बाग्मतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ुरातोु टोलीलाई १ सय ९ रनले हराएको थियो । बाग्मती समूह ुएु का दुवै खेल जित्दै सेमिफाइनलमा पुगेको हो ।

हिजोदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित