चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । बाघले आक्रमण गर्दा चितवनमा शुक्रबार एकजनाको निधन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीकाअनुसार राप्ती नगरपालिका-१ दुबिचौरका ४३ वर्षीय हरि पौडेलको बाघले आक्रमण गर्दा ज्यान गएको हो ।

घाँस काट्नका लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगिताल गएका पौडेललाई बिहान पौने १० बजे तिर बाघले आक्रमण गरेको चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए ।

चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनी हुँदै आएको हो । यो आर्थिक वर्षको साउनयता हालसम्म बाघले आक्रमण गर्दा चितवन निकुञ्ज आसपासमा तीनजनाको निधन भइसकेको निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित