महोत्तरीमा आठ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा स्रोत नखुलेको रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल पोखरभिण्डाबाट खटेको प्रहरी टोलीले आठ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले महोत्तरी सम्सी गाउँपालिका ३ का वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट श्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद रकमसहित पक्राउ गरिएको दुबैजनालाई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित