काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन मागेको छ ।
सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । सेनाले रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स सुचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली पद खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि आवेदन माग गरेको छ ।
पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्ने छन् ।
ट्रेडका फलोअर्स पदहरूको हकमा भने उमेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्ने सेनाले जनाएको छ । आउँदो ७ पुससम्म आवेदन दिन पाइनेछ भने दोब्बर दस्तुर तिरेर १५ पुससम्म आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।