काठमाडौंमा तीनसहित विभिन्न ठाउँमा सात जना मृत फेला

काठमाडौं । काठमाडौंमा तीनसहित बिहीबार एकैदिन देशका विभिन्न ठाउँमा सातजना मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका–१५ सानोभर्‍याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय सङ्गम पोख्रेल आ–आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी उदयपुर, त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय प्रदीप वाग्ले आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। रूकुम पश्चिम, चौरजहारी नगरपालिका–५ भाग्री बस्ने ७८ वर्षीय रामबहादुर सार्की पनि घर नजिकैको सिञ्चाई कुलोमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

यसैगरी, रूकुम पश्चिम, आठबिसकोट नगरपालिका–१३ घेत्मास्थित गुहे खोलामा सोही ठाउँ बस्ने ४६ वर्षीय मोती राम पनि मृत अवस्थामा फेला परेका छन्।

सिरहा, नवराजपुर गाउँपालिका–३ मेनहामा नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रासस

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित