काठमाडौं । काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार आयोजित आन्दोलनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्न लागेको बल्खुचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यस्तै, नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले प्रदर्शन गर्न लागेको तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।