काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ आज घटेको छ।
बिहीबार १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ रहँदा बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ। बुधवार १ अमेरिकी डलरको खरिद दर १३३.०८ रुपैयाँ र बिक्री दर १३३.६८ रुपैयाँ पुगेको थियो ।
जुन हालसम्मकै उच्च हो। यस्तै, १ युरोको खरिद दर आज १४५.०५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.७१ रुपैयाँ छ। बुधवार १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२७ रुपैयाँ थियो।