काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् ।
बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्ड नयाँ कार्यालयमा सरेका हुन् ।
नयाँ कार्याकक्षमा पुगेर उनले आफूमा सिर्जनशीलता बढ्ने विश्वास गरेका छन् ।
२०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको भवन मर्मत पनि प्रधानमन्त्री कार्यालय सारिएको हो ।
२ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् ।
अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।