फरार देवकुमार नेपाली भन्छन् – ‘मलाई कर्मचारीले डुबाए, बचतकर्तालाई व्यक्तिगत सम्पत्ति हस्तान्तरण गर्छु’

काठमाडाैं । पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो व्यक्तिगत सम्पत्ति बचतकर्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन्।

मंगलबार साँझ फेसबुक लाइभ आएर विज्ञप्ति जारी गर्दै उनले आफ्नो व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्दै सहकारीका बचतकर्तालाई सम्पत्ति हस्तान्तरण गर्ने बताएका हुन्। पोखरा र बागलुङमा गरी सहकारीमार्फत २ अर्ब बढी ठगी आरोप लागेका नेपाली ६ महिना अघिदेखि फरार छन्।

बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट दोस्रो पटक मेयर जितेका नेपालीले विज्ञप्तिमा आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएकाले घरबाहिर बस्न बाध्य भएको बताएका छन्। विज्ञप्तिमा कसले उनलाई यस्तो धम्की दियो भन्नेबारे खुलाएका छैनन्।

‘६ लाख बचत भएका व्यक्तिहरूले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिन भनेर दबाब दिएका कारणले म केही समयको लागि घरबाहिर बस्न बाध्य भएँ,’ उनले विज्ञप्तिमा भनेका छन्।

खातामा १० हजार हुनेले १० लाखको निवेदन दिएको र ५० लाख फिक्स्डमा भएकाले ९० प्रतिशत कर्जामार्फत् फिर्ता लगेर पनि ५० लाखकै दाबी गरेको भन्दै उनले २ अर्ब डिपोजिट हल्ला भएको दाबी गरेका छन्। कर्मचारीले मनोमानी तरिकाले कर्जा लगानी गरेर आफूहरूमाथि दोष लगाएको पनि उनको आरोप छ।

सहकारीको बचत फिर्ता गर्न आफूले ६ महिनाको समय माग्दासमेत बचतकर्ता पर्खन नसकेको, धम्की दिएको र केही बचतकर्ताले मुद्दा हालेकाले बाहिर निस्केर काम गर्न नसकेको उनले जिकिर गरेका छन्।

विज्ञप्तिमार्फत् आफ्नो र श्रीमती छेला नेपालीका नाममा रहेका घर जग्गा विवरण सार्वजनिक गर्दै उनले बचतकर्तालाई उक्त सम्पत्ति हस्तान्तरण गर्ने र यसका लागि वातावरण मिलाइदिन पनि अनुरोध गरेका छन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार नेपालीले बुर्तिबाङ, बागलुङ बजार, पोखरा र काठमाडौंमा गरी ४५ कित्ता जमिन र १८ वटा घर भएको उल्लेख गरेका छन्।

घर जग्गा विवरणमा उनले बुर्तिबाङमा २९ वटा कित्ता जग्गा रहेको र ३ वटा होटल रहेको बताएका छन्। बुर्तिबाङमा ८ तला अग्लो होटल दरबार, ४ तलाको मिनी होटल दरबार र ४ तलाकै होटल दरबार रेष्टुरेण्ट रहेको उल्लेख गरेका छन्।

यस्तै, बागलुङ बजारमा ४ वटा कित्ता जग्गा र २ वटा भवन रहेको बताएका छन्। बागलुङ बजारमा रहेको कर्म कम्प्लेक्स ६ तला र मिनी कर्म कम्प्लेक्स ५ तलाको भवन रहेको उल्लेख गरेका छन्।

विज्ञप्ति अनुसार पोखरामा ६ कित्ता जमिन रहेको र ३ वटा भवन रहेको बताएका छन्।

पोखराको सिर्जनाचोकमा कर्म कम्प्लेक्स ९ तला, शिवालय चोकमा ५ तला र पृथ्वीचोकमा घर भएको पनि उनले बताएका छन्।

काठमाडौंमा ५ कित्ता जमिन र ६ वटा भवन रहेको उनले बताएका छन्। काठमाडौंको सुकेधारामा सानिमा बैंक भएको घरसहित ४ वटा घर, सुकेधारामै बजाज शोरुम भएको घर र सुकेधारामा कर्म कम्प्लेक्स रहेको उनले बताएका छन्।

‘सहकारीको समस्या समाधान नर्ग मेरो र मेरो श्रीमतीको नाममा भएका घर जग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहन्छु, हस्तान्तरणको वातावरण मिलाइदिनुहुन सरोकारवाला ज्युहरूलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।

बागलुङका सहकारी पीडितले दिएका निवदेनका आधारमा १ हजार ४ सय ८१ जना बचतकर्ताको १ अर्ब ३० करोड ठगी आरोप लागेको छ। उक्त मुद्दा अहिले जिल्ला अदालत बागलुङमा विचाराधीन छ।

यस्तै, पोखरामा ५ सय बढी बचतकर्ताको ६५ करोडभन्दा बढी रकम ठगीको आरोप छ।

सहकारी ठगी अरोप लाग्न थालेपछि गत जेठ ५ गतेदेखि फरार अध्यक्ष नेपाली अदालतमा हाजिर हुनुपर्ने सहकारी रजिष्टारको कार्यालय गण्डकीका सूचना अधिकृत चोलाकान्त वाग्लेले बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित