काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको अभियानले गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा निर्धारण गरेको छ ।
यही मंसिर ७ गते मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले काठमाडौंमा प्रदर्शन गर्दैछ ।
प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । यसअघि प्रसाईं नेतृत्वको अभियान र युवा संघ दुवै पक्षले माइतीघरमा कार्यक्रम गर्ने तय भएको थियो ।
माइतीघरलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरूको कार्यक्रम फरक फरक स्थानमा हुने भएको हो । माइतीघर निषेधित क्षेत्र घोषणा भएपछि युवा संघले काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ ।