विपिन जोशी हमास समूहको नियन्त्रणमा रहेको पुष्टि

काठमाडौं । कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनमा सक्रिय हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भएको छ। इजरायलस्थित नेपाली दूतावासले नेपाली विद्यार्थी जोशी हमास समूहको नियन्त्रणमा रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्तालाई उदृत गर्दै जनाएको छ ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुज अलुमिनमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु मध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासले जनाएको छ ।

तथापि, जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको दूतावासले जनाएको छ । ‘निज हालसम्म पनि सम्पर्कबिहीन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हमास समूहले ७ अक्टोबरमा किबुज क्षेत्रमा एकाएक गरेको आक्रमणमा नेपाली १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी बेपत्ता भएका थिए । सरकारले जोशीको सकुसल रिहाइका लागि आग्रह गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित