उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठपर्व

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्थाको महापर्व छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने पर्वको चौथो दिन आज देशका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै छठ सम्पन्न भएको हो । ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ समापन गरेका हुन् ।

बर्तालुले पञ्चमीको ‘खरना’ विधियता निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका छन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ ।

पर्व सकिएसँगै घरघरै प्रसाद खानेरखुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी चेली (छोरी, दिदीबहिनी, फूपू), मित मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित