विश्वकप : भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो । कोहली ५४ र राहुल ६६ रनमा आउट भए । सातौं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाए ।

यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए ।

यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए । टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित