माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्न वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने प्रयास स्वरुप आइतबार छलफल भएको छ ।

नेसपाको तर्फबाट बनाइएको वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठ र माओवादीको तर्फबाट संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीबिच वार्ता भएको हो । बैठकले एकताका लागि दुवै पार्टीको एकता संयोजन समिति गठन गर्ने सहमति जुटाउँदै त्यसका लागि आ(आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय गरेको छ ।

दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको महरा र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित