बैतडीमा जिप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। शनिबार बिहान दोगडाकेदार गाउँपालिका- ८ बाट वडा नं ३ को सिल्लेगडा आउँदै गरेको से १ ज ६०३ नम्बरको बोलेरो जिप घोडेधारमा दुर्घटना भएको हो।

दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका -८ का ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दिपक गिरीले जानकारी दिए।

घाइते हुनेमा कलावती बिष्ट, हिरा बिष्ट, रियाग बिष्ट, सुसिला बिष्ट र ६० वर्षीय पदम बिष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ। ग्रामिण सडकमा सवार जिप उकालोमा चड्न नसकेर पछाडि आएपछि दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित