वाणिज्य बैङ्कको मङ्सिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक, धेरै दिनेमा हिमालयन बैङ्क

काठमाडौं । मङ्सिर महिनाको लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ।

माछापुच्छ्रे बैङ्कको मात्र मुद्दती निक्षेपको ब्याजदर बढेको तथ्थांकमा उल्लेख छ। बाकी ६ वटाको भने कात्तिक महिनाकै ब्याजदर यथावत् रहेको देखिन्छ। औसतमा २० वाणिज्य बैङ्कहरूले ०.३३ प्रतिशतले ब्याज घटाएका छन् ।

कात्तिक महिनामा यी बैङ्कहरूको औसत ब्याजदर ९.९६ प्रतिशत थियो । अहिले घटेर ९.६३ प्रतिशत कायम भएको छ । यता, सबैभन्दा धेरै एनआइसी एसिया बैङ्कले ब्याजदर घटाएको छ ।कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिँदै आएको यस बैङ्कले मङ्सिरमा भने ८.९६ प्रतिशतसम्म ब्याज दिने भएको छ।

सबै भन्दा धेरै हिमालयन बैङ्कले १०.६० प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर तोकेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार हाल सिडी रसियो ८१.३१ प्रतिशतमा झरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित