बागलुङमा जीप दुर्घटना

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ कृषि गाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा परी बागलुङ नगरपालिका–१ रामरेखा बस्ने ६० वर्षीय कविराज थापा गम्भीर घाइते भएका जिप्रका बागलुङका प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलले बताए।

घाइते थापाको धौलागिरी अस्पताल बागलुङमा प्रथामिक उपचारपछि उप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रनि भुजेलले जानकारी दिए। जीपमा चालकसहित दुई जना सवार रहेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित