काठमाडौं । मोरङको उर्लाबारीमा भएको आगलागीमा परेर घाइते भएका १० जनालाई नेपाली सेनाले हवाई उद्धार गरेको छ ।
यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका ४ जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो ।
कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमवार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौं ल्याइएको थियो ।