मोरङ । मोरङको सुनवर्षी नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार मङ्गलबार नगरपालिका–४ कासीजनकी सरितादेवी दासको करेन्ट लागेर मृत्यु भएको हो।
४५ वर्षीया दासलाई घर सरसफाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको हो। बिहान करिब ८ बजे करेन्ट लागेर घाइते भएपछि श्रीमान् सुरजकुमार दासले उपचारका लागि रङ्गेली अस्पताल पुर्याउने क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी दासलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।