काठमाडौं। बजार महँगीको तुलनामा तलब तथा ज्याला दर निकै न्यून अङ्कले बढेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैङ्कको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार हाल बजार महँगी (उपभोक्ता मुद्रास्फीति) ७.५ प्रतिशत रहेको छ ।
तर २०८० असोज महिनायता वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क भने जम्मा ५.६५ प्रतिशतले मात्र बढेको केन्द्रीय बैङ्कको भनाइ छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.५९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्याला दर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।