११ किलो सुन प्रकरणमा थप एक महिला पक्राउ

दोलखा। दोलखाको बिगु गाउँपालिका–१ जामुनेबाट बरामद भएको ११ किलो अवैध सुन अन्तर्राष्ट्रिय भुक्तानी क्रिप्टोमार्फत कारोबार भएको खुलेको छ ।

पटक पटक गरी बरामद भएको सो सुनको चीनमा करोडौँ भुक्तानी क्रिप्टोमार्फत भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेशकुमार यादवले जानकारी दिए ।

उनका अनुसार पछिल्लो अवधिमा सुन तस्करीहरूको रकम डलरमा साटेको आरोपमा रामेछापको मन्थली नगरपालिका–५ की महिमा माझिलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले निजलाई काठमाडौंबाट पक्राउ गरेको हो । सुन तस्करीहरूको रकम डलरमा साटेको आरोपमा निजलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ ।

लामा बगरको जामुनेबाट गत असोज महिनामा ११ किलो अवैध सुन बरामद गरेको प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी र दोलखा प्रहरीले गरिरहेको अनुसन्धानबाट सुन ओसारपसारमा संलग्न केही व्यक्ति अझै फरार रहेको पाइएको छ ।

उनीहरूको खोजी भइरहेको छ । पक्राउ परेकाहरू विरुद्ध सुन चोरी–पैठारी तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित