काठमाडौं । काठमाडौंको माइतीघरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा इलाम घर भई हाल काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदी घाइते भएकी थिइन् ।
आइतवार भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा सोमवार मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।