नेपाल लाइफको नाफामा वृद्धि, पहिलो त्रैमासमा १५.७९ करोड नाफा

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको वृद्धि भएको छ ।

यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ७९.३३ करोड रुपैयाँ रहेको छ जुन अघिल्लो आ.व.को अन्त्य सम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब १६५अर्ब ५२ करोड रुपैयाँ रहेको

सकल बीमा अनुबन्ध दायित्वहरू ५.८६ प्रतिशतले बढी करिब १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । महाविपत्ति कोषमा १०२ करोड रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको अन्त्य सम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९प्रतिशतले बढेको छ । आश्विन मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैय लगानी गरेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको अन्त्यमा करिब १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ । कम्पनीले सूचना प्रविधिको विकाशलाई अङ्गीकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकाश गरी कार्यान्वयनमा ल्याई सकिएकोले आगामी दिनमा दाव भुक्तानी प्रक्रिया झन् सरल हुन गई ग्राहकहरू लाभान्वित हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

कम्पनीले आश्विन मसान्त सम्ममा १० अर्ब ९३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो । यसै गरी कम्पनीले आश्विन मसान्त सम्ममा १ अर्ब ५८ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ जुन समीक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो । ८ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी८३.१४ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीचपनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रूपमा लिन सकिन्छ । आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रूपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अवलम्बन गर्दै नेपालीहरूको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित