९ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

काठमाडौं । चालु आव २०८०/८१ को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्ममा नेपाल टेलिकमको खुद मुनाफा ८.९० प्रतिशतले घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिमा कम्पनीको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको छ ।

उक्त रकम गत आवको सोही अवधि २०७९आश्विन मसान्तको खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजारको तुलनामा १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कम हो।

यस अवधिमा कम्पनीको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको छ। उक्त रकम गत आवको सोही अवधि (२०७९ आश्विन मसान्त) को कूल आय ११ अर्ब ४ करोड ९० हजार को तुलनामा ३९ करोड १२ लाख ९७ हजार (अर्थात् ३.५४ प्रतिशत) ले कम हो।

चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको । उक्त रकम गत आवको सोही अवधि (२०७९आश्विन मसान्त) को कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजारको तुलनामा ४९ करोड २५ लाख २१ हजार (अर्थात, ५.४३ प्रतिशत) ले कमी हो । कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रहेको छ। गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आव सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेको टेलिकमले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित