काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र एक बजेसम्म मात्र देउसी खेल्न पाइने जनाएको छ । महानगर प्रमुख बालेन्द्र शाहले शुक्रबार एक स्ट्याटस मार्फत महानगरभित्र राति १ बजेसम्म मात्र देउसी खेल्न पाइने जानकारी गराएका हुन् ।
उनले लेखेका छन् ‘ विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राती ९ बजेसम्म मात्र अनुमति दिइएको थियो । यो वर्ष काठमाडौं महानगरका नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौ, सोही अनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं ।’