एकै परिवारका चार जनाको हत्या प्रकरण : १४ दिनपछि सार्वजनिक गरिँदै आरोपी

काठमाडौं । मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ।

सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनी मृतकका नातेदार समेत हुन्।

मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जानकारी दिए।

दिउँसो कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकाल पुगेपछि अभियुक्त र घटनाको विषयमा प्रहरीले गरेको अनुसन्धानबाट खुल्न आएका तथ्यहरू सार्वजनिक गरिने डिएसपी थापाले जानकारी दिए।

घटनामा गोरखबहादुरसँगै अन्य एकजना पनि संलग्न रहेको प्रहरीको अनुमान छ। यी सबै विषय दिउँसो २ बजेपछि हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइने डिएसपी थापाले जानकारी दिए।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका(६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए।

घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए।

सामूहिक हत्या भएको घटना अनुसन्धानका डिएसपी थापा नेतृत्वको टोली, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा टोली खटिएको थियो।

अनुसन्धानकै लागि कर्णाली प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत मुगु पुगेका थिए।

पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० बाट पनि डिएसपी धर्माराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित