यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । त्यस्तै, बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका, २०८० विधेयक आज स्वीकृत गर्ने निर्णय गरेको उनले बताइन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे विज्ञ समूहले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएको छ ।

“निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम लामो समयदेखि अवरुद्ध थियो । यस सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,” सरकारी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भनिन् ।

बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशाललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको उनले जानकारी दिइन् ।

त्यस्तै, विकास निर्माणका सन्दर्भमा इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये रु पाँच प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय भएको छ । यसले बुढीगण्डकीको काम तदारुकताका साथ अघि बढ्ने उनले बताइन् ।

त्यस्तै, विद्युत् प्राधिकरणमार्फत कर्णाली जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णय पनि भएको छ । मन्त्रिपरिषद्का बाँकी निर्णय भने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने मन्त्री शर्माको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित