पोखराको लेकसाइट २४ सै घण्टा खुला राख्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले पर्यटकीय क्षेत्र लेकसाइडलाई २४सै घण्टा खुला राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले रिटको अन्तिम किनारा नलागेसम्म व्यवसायमा रोक लगाउने कुनै पनि कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय लगायतका नाममा आदेश गरेको हो।

गृह प्रशासन सुधार कार्ययोजनाले पर्यटकीय क्षेत्रमा २४सै घन्टा बजार खुला राख्ने व्यवस्था गरेकोप्रति अदालतले ध्यानाकर्षण समेत गराएको छ।

आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेश समेतको माग गरेको सम्बन्धमा हेर्दा गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी निवेदकले निवेदन साथ पेश गरेको उक्त कार्ययोजना प्रतिलिपिबाट देखिँदा विपक्षीहरुको निवेदन परेको अवस्थामा कानुन बमोजिम पुनःविचार हुन सक्ने नै हुँदा प्रस्तुत निवेदनको अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानुन बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नू नगराउनू भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित