कर्णाली सरकारद्वारा १६ स्थानीय तहका भूकम्प प्रभावितलाई दुई करोड रुपैयाँ हस्तान्तरण

कर्णाली। कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्‍चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५ /२५ लाख रुपैयाँ, कुशेमा गाउँपालिकालाई २० लाख रुपैयाँ, छेडागाड नगरपालिकालाई १० लाख रुपैयाँ, जुनीचाँदे गाउँपालिकालाई १० लाख रुपैयाँ र शिवालय गाउँपालिकालाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।

त्यसैगरी रुकुम पश्‍चिमको आठविसकोट र सानीभेरी नगरपालिकालाई २५र२५ लाख रुपैयाँ, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २०र२० लाख रुपैयाँ, मुसिकोट नगरपालिकालाई १० लाख रुपैयाँ र बाँफीकोट गाउँपालिकालाई ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताए। उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख रुपैयाँ तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई ५र५ लाख हस्तान्तरण गरिएको छ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्‍चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए। यही कात्तिक १७ गते राति ११स्४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रविन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो। रासस

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित