काठमाडौं । सिरहा गोलबजारको एक माविका प्रधानाध्यापकको शंकास्पद मृत्युलाई लिएर शिक्षकहरु आन्दोलित भएका छन्।
गोलबजार नगरपालिका ३ तेतरियास्थित सरस्वती माविका प्रधानाध्यापक संजिवकुमार साह गएको आइतबार आफ्नै विद्यालयको कक्षा कोठामा मृत फेला परेका थिए। सिरहा प्रहरीले साहको मृत्युलाई आत्महत्याको आशंका गरेको छ।
तर, शिक्षकहरुसँग सम्बन्धित सम्बन्धित विभिन्न संघ संगठनहरुले भने प्रधानाध्यापक साहको मृत्युलाई शंकास्पद भन्दै घटनाको छानविन गर्न माग गरेका छन्।
साहको मृत्युको सत्यतथ्य छानविन गर्न माग गर्दै जिल्लामा क्रियाशील शिक्षक संघ संगठनहरुले सोमबार गोलबजारस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका छन्।