फेरि भूकम्प : जाजरकोट र रुकुम पश्चिममा थप १३ जना घाइते, ३ घर भत्किए

काठमाडौं । सोमबार दिउँसो जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा थप १३ जना घाइते भएका छन्। सोमबारको परकम्पबाट तीनवटा घर भत्किएका प्रहरीले जनाएको छ।

सोमबार दिउँसो ४ः३४ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। यो भूकम्प शुक्रबार राति जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडकोको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सोमबारको परकम्पबाट जाजरकोटमा ३ वटा घर भत्किएका जिल्ला प्रहरी जाजरकोटमा डीएसपी सन्तोष रोकायले जानकारी दिए।

भूकम्पबाट रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ४ जना, चौरजहारी नगरपालिकाका २ जना र सानीभेरी गाउँपालिकाका एकजना गरी ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

आठबीसकोट ११ का ३७ वर्षीय बीरबहादुर बुढा, सुवासना आग्री, आठबीसकोट १२ का २२ वर्षीय सुरज बिक र ५ वर्षीया ज्ञानिल बिक घाइते भएका छन्।

त्यसैगरी चौरजहारी नगरपालिका ४ का १५ वर्षीया लक्ष्मी नेपाली र चौरजहारी ७ का ३१ वर्षीय उदयराज कामी पनि घाइते भएका छन्। सानीभेरी गाउँपालिका ४ मा एकजना घाइते भएका प्रहरीले जनाएको छ। उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित