बुर्तिबाङ। बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
साेमबार राति १० बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत ढोरपाटन नगरपालिका-२ मलकितबाङमा ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्सीमा सवार बागलुङ ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ वर्षीय होमबहादुर पुन र बडिगाड गाउँपालिका-६ छिसफाटका ३२ वर्षीय अस्विन परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी सडकदेखि एक सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक केसीको भनाइ छ ।