आजराति ९ बजेदेखि ‘एमडीएमएस’ लागू, शुरूमा आइफोन-१५ का २५ सय मोबाइल ब्लक गरिने

काठमाडौं । आज (सोमबार) राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्ततः मोबाइल फोन दर्ता नभई नेपालभित्र चल्न नसक्ने नियम लागू गर्ने निश्चित भएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, “हामी नयाँ आईफोन १५ सिरिजबाट एमडीएमएस कार्यान्वयन थाल्दैछौं,” उनले भने, “सुरुवाती चरणमा दर्ता नभई नेपालभित्र सञ्चालनमा रहेका उक्त सिरिजका फोनहरू बन्द गर्दै छौं ।”

अध्यक्ष खनालका अनुसार हालै बजारमा भित्रिएको आईफोन १५ सिरिजका करिब २५०० स्मार्टफोन एमडीएमएसमा दर्ता नभई सञ्चालनमा रहेको पाइएका छन् । भोलि राति ९ बजे पश्चात् ती फोन नेपालभित्र चल्न छोड्ने उनले बताए ।

प्राधिकरणले यहि ४ कात्तिकमा एक सूचना निकाल्दै एमडीएमएसमा दर्ता नभएका मोबाइल १५ दिनपछि नचल्ने जानकारी गराएको थियो ।

उक्त प्रणालीमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारिसकेको छ । त्यसो त यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन । सोही सन्दर्भका कारण कतिपयले अझै पनि दर्ता नभएका मोबाइल नचल्ने प्राधिकरणको सूचनालाई गम्भीरताका साथ लिने गरेका छैनन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित