नेपाल सुपर ओभरमा ओमनसँग पराजित

आईसीसी टी-२० विश्वकपको एशिया छनोट प्रतियोगिताको फाइनलमा नेपाल ओमनसँग सुपर ओभरमा पराजित भएको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा ओमनले सुपर ओभरमा जित हासिल गरेको हो।

यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रमममा ओमनले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। ओमनका लागि कश्यप प्रजापतिले ६३, अकिब इल्यासले ३३, जीशन मक्सूदले २६ मोहम्मद नसीमले २४ रन बनाए।

नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले दुई-दुई तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले एक(एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरेका थिए। पौडेलले ३७ बलमा ५२ रन र झाले २५ बलमा ५४ रन बनाएका थिए।

त्यस्तै, कुशल भुर्तेलले ३१, करण केसीले २०, आशिफ शेखले ६, कुशल मल्लले तीन र विवेक यादवले एक रन बनाए।

ओमनका लागि बिलाल खानले तीन, अकिब इल्यासले दुई र जीशन मक्सूदले एक विकेट लिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित