ओमानविरूद्ध नेपालको खराब सुरूवात, ७ ओभरमा गुमायो तीन विकेट

टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि ओमानविरूद्ध ब्याटिङ गरिरहेको नेपालले ७ ओभरमा ३ विकेट गुमाएको छ।

सातौं ओभरसम्म पुग्दा ओपनर आशिफ शेख, कुशल भुर्तेल र सन्दीप जोरा आउट भएका हुन्।

आशिफ शेख २,४ ओभरमा, जोरा ६।, ओभरमा र कुशल भुर्तेल ७.१ ओभरमा आउट भएका हुन्। ६ बल खेलेका आशिफ ६ रन बनाउँदै आउट भए। उनी ओमानका बिलाल खानको बलिङमा काश्यप प्रजापतिबाट क्याच आउट भए।

आशिफको विकेटपछि आएका जोरा १३ बल खेलेर १० रन बनाउँदै आउट भए। उनी जिसन मक्सुदबाट बोल्ड भए।

७.१ ओभरमा अर्का ओपनर कुशल भुर्तेल आउट भए। उनी अकिब इलियासको बलमा मेरान खानबाट क्याच आउट भए।

कुशलले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रनको योगदान गरे। अहिले कुशल मल्ल र कप्तान रोहित पौडेल ब्याटिङमा छन्।

८.२ ओभर सकिँदा नेपाल ५१ रन बनाएर खेलिरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित