नेपाल र ओमन आज उपाधिका लागि भिड्दै, टिकटबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई

काठमाडौं । विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टी २० विश्वकप छनोट अन्तर्गतको फाइनल खेलमा यी दुई टोली आमनेसामने हुनेछन्।

विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई र ओमनले बहराइनलाई हराएर दुवै टोलीले विश्वकपमा स्थान पक्का गरेका थिए।

त्यसअघि यी दुई टोली समूह चरणमा पनि एकसाथ थिए। समूह ‘ए’ मा ओमन, नेपाल, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गरेका थिए। जसमा ओमन विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए।

यी दुई टोलीबीचको पछिल्ला पाँच खेलमा ओमनले २ पटक र नेपालले ३ पटक जित निकालेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति निकाल्दै नेपाल र ओमानबीच हुने आइसीसी टी२० विश्वकप अन्तर्गतको खेलको टिकट बिक्रीबाट उठ्ने ५० प्रतिशत रकम भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित