अर्थतन्त्र सुधार्न विश्वासको वातावरण बनाउन जरुरी छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष ढकालले नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदै गएको छ । पर्यटकको संख्या बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छैन । अब भनेको सर्वसाधारणलाई कन्फिडेन्स विकास गर्न आवश्यक छ ।’

अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेका छन् । जसले गर्दा अर्थतन्त्रको सूचकमा सुधार हुँदै गए पनि आर्थिक गतिविधि बढ्न सकेको छैन ।

उनकाअनुसार अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एकरूपता भई अगाडि बढ्नुपर्नेछ । अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँकहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित