काठमाडौं । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप गएराति २ बजेर २८ मिनेटमा डोटी जिल्लाको शिखर नगरपालिका ६अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटनाग्रस्त हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिप एक्कासि अनियन्त्रित भई सडकबाट अन्दाजी ५० । ६० मिटर तल खसेर दुर्घटना भएको हो। चालक सहित १० जना सवार जीप दुर्घटना हुँदा पाँच जना घाइते पनि भएका छन्। घाइतेहरूलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका(५ बस्ने २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, उनका छोरा अन्दाजी ६ वर्षीय कविन्द्र बुढा र सोही स्थानकी विमला मलालकी छोरी अन्दाजी आठ महीनाकी प्रार्थना मलाल रहेका छन्।
यस्तै घाइतेहरूमा सोही स्थानका ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षका दानबहादुर मलाल, २१ वर्षीया विमला मलाल र २१ वर्षका राजबहादुर मलाल रहेका छन्।