भूकम्पको केन्द्रविन्दु भएको बारेकोटका अध्यक्ष भन्छन्- मानवीय क्षति भएन, भौतिक क्षति बढी भयो

काठमाडौं । भूकम्पको ठूलो झड्का आएकाले सबैले एकसाथ थाहा पायौँ। रातभर गाउँपालिकाभित्र भएको क्षतिको अनुगमन गरी जानकारी लियौँ। बारेकोटमा केन्द्रबिन्दु भए पनि मानवीय क्षति भएको छैन।

भौतिक संरचनामा भने ठूलो क्षति भएको छ। झण्डै एक हजार परिवार विस्थापित भएका छन्। उनीहरुको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। बस्नै नहुने अवस्था छ। अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन्।

भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन्। भूकम्पपीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन्। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ। सङ्घीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ। विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ।

भूकम्पमा परी बारेकोटमा पाँच जना घाइते भएका छन्। दुई जनालाई सामान्य उपचार गरी घर पठाइसकेका छौँ । तीन जनालाई हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाएका छौँ। बारेकोट– १ केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ।

घर क्षतिग्रस्त छन्। जमिन भासिएको छ। चिराचिरा परेको छ। भग्नावशेष जस्तो देखिएको छ। गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ।

विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था गर्नु अहिलेको प्राथमिकता हो। (बारेकोट गाउँपालिका, जाजरकोटका अध्यक्ष वीरबहादुर गिरीको भनाइ)

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित