भूकम्पबाट घाइते भएका ७ जनालाई काठमाडौं ल्याइयो, टिचिङमा उपचार हुँदै

काठमाडौं । गएराति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।

निगमको एक ट्विनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ ।

दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाडौँ केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित