अन्य ठाउँको उडान स्थगित गरेर रुकुम केन्द्रीत उडान गर्न नेपाल एयरलाइन्सलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एयरलाइन्सलाई रुकुम पश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरूलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएका छन् ।

रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरूको राहत तथा उद्धारका लागि सहज होस् भन्ने हेतुले रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।

अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्री सचिवालयका अधिकारीले बताएका छन् ।

रुकुम पश्चिमको चौरजहारी र खलङ्गास्थित एयरपोर्टहरूमा साना ट्विनअटर हवाईजहाज उडान भरिँदै आएको छ । तर जाजरकोटमा भने एयरपोर्ट भए पनि सञ्चालनमा छैन ।

प्रधानमन्त्री प्रचण्ड आज बिहानै नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरमार्फत रुकुम प्रस्थान गरिसकेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित