कोशीमा माओवादीका गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद मन्त्रीमा नियुक्त

काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु उप्रेती र जगेबुलाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।

एमालेले आफू र कांग्रेसका संसदलाई मात्रै मन्त्री बनाउनु पर्ने धारणा राख्दै आएका थिए । मुख्यमन्त्री कार्कीले नयाँ सरकार बनेको २० दिन भइसकेको र गठबन्धनका सबै तर्फबाट सबैलाई समेट्ने दबाब रहेको जवाफ दिएका थिए ।

एमालेले कांग्रेस बाहेकका अन्य दललाई सरकार सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कार्की नेतृत्वको सरकारमा एमालेको प्रदेश सभाको उपनेता राम राना मन्त्री छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित