१९ वाणिज्य बैंकमध्ये ८ बैंकले कमाए नाफा, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा समग्रमा वाणिज्य बैंकहरुको कूल नाफा घटेको छ ।

हाल सञ्चालनमा रहेका १९ वाणिज्य बैंकमध्ये ८ वटाले नाफा बढाउँदा ११ वटाको घटेको छ भने कृषि विकास बैंक ऋणात्मक अवस्थामा छ ।

सबैभन्दा बढी हिमालयन बैंकले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षको पहिलो त्रैमासमा ९८.३५ प्रतिशतले नाफा बढाएको छ । नाफा बढाउनेमा हिमालयनसहित प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, प्राइम, माछापुच्छ्रे, एनएमबि, ग्लोबल आईएमई र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् ।

त्यस्तै सिद्धार्थ बैंकको सबैभन्दा बढी ९१ प्रतिशतभन्दा बढी नाफा घटेको छ । त्यस्तै नबिल, एभरेष्ट, सानिमा, सिटिजन्स, नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, कुमारी नेपाल बैंक, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकको नाफा घटेको छ ।

बैंकहरुद्वारा आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेण्ट मेगाले रकमका आधारमा सबैभन्दा बढी १ अर्ब ५२ करोड नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ४६ करोड, ग्लोबल आईएमईले १ अर्ब २२ करोड, प्राइमले १ अर्ब १५ करोड, हिमालयनले १ अर्ब ५ करोड, प्रभु बैंकले १ अर्ब ३ करोड र एनआईसी एशियाले १ अर्ब १ करोड नाफा कमाएका छन् ।

यी सात बैंकबाहेक अन्यको नाफा १ अर्ब भन्दा तल छ । कृषि विकास बैंक ८८ करोड ८० लाख ७१ रुपैयाँ घाटामा छ । पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १३ अर्ब ४७ करोड २० लाख ४५ हजार नाफा कमाएका छन् भने गत वर्षको समीक्षा अवधिमा १६ अर्ब ५५ करोड ७ लाख ६२ हजार रुपियाँ नाफा कमाएका थिए ।

कुन बैंकले कति कमाए ?

 

बैंक नाफा रू करोडमा खुद ब्याज आम्दानी रू. करोडमा जोखिम प्रावधान  रू करोडमा 
असोज २०८० असोज २०७९ फरक प्रतिशत असोज २०८० असोज २०७९ फरक प्रतिशत असोज २०८०
प्रभु बैंक १०३ ७० ४७.१४ २५४ १९७ २८.९३
नबिल बैंक १४६ १५७  ७.०१ ४१७ ३६७ १३.६२ १११
सिटिजन्स बैंक ४० ५० २० १४४ १४५  ०.६९ ४२
स्ट्याण्डर्ड चार्टर्ड बैंक ८२ ८१ १ २३ १३८ १४१  २.१३
एभरेष्ट बैंक ७८ ८६ .३० १८९ १८८ .५३ ४२
कृषि विकास ८८ २२ २०६ १८३ १२.५७ २१६
सानिमा बैंक ४८ ५४  ११ ११ १६०  ५0 ५४
एनएमबी ९६ ९० ६ ६७ २२२ २०५ .२९ ४८
नेपाल एसबिआई ४७ ६२  २४.१९ १३८ १२९ .९८ २९
हिमालयन बैंक १०५ ५३ ९८.११ ३१७ १८० ७६.११ ७५
लक्ष्मी सनराइज बैंक १० ५० ८० २८६ १५१ ८९.४० २१४
माछापुच्छ्रे ५४ ४५ २० १४१ १४७  ४.०८
प्राइम कमर्सियल ११५ ८७ ३२.१८ १९९ १८८ .८५ २१
ग्लोबल आइएमइ १२२ ११८ .३९ ४८० ३२० ५० १७८
एनआइसी एशिया १०१ १७५  ४२.२९ २७४ ३३३  १७.७२ ६४
नेपाल इन्भेष्टमेन्ट मेगा १५२ ११४ ३३.३३ ४१६ २१२ ९६.२३ ६४
सिद्धार्थ बैंक ४९  ९१.८४ १९६ २१२  ७.५५ १४३
कुमारी बैंक २६ १००  ७४ ३०४      १८५ ६४.३२ २१८
नेपाल बैंक १४ ६०  ७६.६७ २२१ १९० १६.३२ १३४
आरबिबी ८५ १२४  ३१.४५ २५२ ३१८ २०.७५ ४७
कुल १३४० १६४७  १८.६४ ४८४६ ४१५१ १९.१५ १७१

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित