युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल टी- २० विश्वकपमा छनौट भएको छ । नेपालले युएईलाई ८ विकेटले हराउदै फाइनलमा पुगेसँगै टी २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । सेमिफाइनलमा युएईले दिएको १३५ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि युएईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो । एशिया क्षेत्रको छनौटमा नेपाल र ओमान फाइनलमा पुगेसँगै विश्वकपमा छनौट भएका छन् ।

योसँगै वेस्टइन्डिज र अमेरिकामा हुने २०२४ को विश्वकपमा खेल्ने १८ देशको टुंगो लागेको छ ।

आयोजकको हिसाबले अमेरिका र वेस्टइण्डिज स्वतस् छनौट भएका छन् भने अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, नेदरल्याण्डस, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका गरी ८ देश स्वतस् छनौट भएका छन् । त्यसैगरी टी-२० वरियताको आधारमा अफगानिस्तान र बंगलादेश पनि स्वतस् छनौट भएका छन् ।

त्यस्तै युरोपको क्वालिफायरबाट आयरल्याण्ड र स्कटल्याण्ड छनौट भएका छन् भने इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट पीएनजी र अमेरिका क्वालिफायरबाट क्यानडा विश्वकपका लागि छनौट भएका छन् ।

त्यस्तै एशिया कवालिफायरबाट ओमान र नेपाल छनौट भएका छन् । अब अफ्रीका क्वालिफायरबाट २ देश छनौट हुन बाँकी छ ।

टी(२० विश्वकप २०२४ को जुन ४ देखि ३० जुनसम्म अमेरिका र वेस्टइन्डिजमा हुदै छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित