सरकारले भारतबाट किन्ने भयो २५ हजार मेट्रिक टन चिनी

काठमाडौं । सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्ने भएको छ । तिहारमा चिनी अभाव हुन नदिन सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्न लागेको वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालजे जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्न साल्ट ट्रेडिङ कम्पनीलाई निर्देशन दिएको उनले बताए ।

भारतबाट उक्त चिनी आएसँगै बजारमा अभाव नहुने उनले बताए । ठूलो मात्रामा चिनी आयात भएपछि बजारमा लुकाइएको चिनीसमेत बाहिर आउने उनको भनाइ छ ।
यस्तै विभागले चिनी लुकाइएको हुनसक्ने आशंकामा सादा पोशाकमा टोली खटाएर बजार अनुगमन गरिरहेको समेत उनले बताए ।

बिहीबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनी अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए ।

हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने पनि सुनिश्चित गरिएको छ । नेपाल साल्ट ट्रेडिङले शुक्रबार नै उक्त चिनी खरिद गरी खुद्रा उपभोक्तामार्फत् बजारमा ल्याउँदै छ । साल्ट ट्रेडिङसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित