गुल्मी । शुक्रवार बिहान गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लिनारायण पाण्डेका अनुसार शान्तिपुरको पुल मुनी किशोरीको शव फेला परेको पुष्टि गरे ।
चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने १५ वर्षीया किशोरीको शव पुलमुनि नग्न अवस्थामा मृत फेला परेको पाण्डेको भनाइ छ ।