आइसीसी टी २० छनोट : आज नेपाल यूएईसँग भिड्दै

आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।

विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ ।

नेपाल २०२२ मा छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल घरेलु मैदानमा त्यो हारको बदला लिँदै विश्वकपमा छनोट हुन चाहन्छ ।

आजको अर्को सेमिफाइनल खेलमा टीयू क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित