दुई सहसचिव सचिवमा बढुवा

काठमाडौं । राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा भएका छन् । निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।

बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गरेको जनाइएको छ ।

प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् । उनीसँगै कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको थियो ।

इन्जिनियरिङतर्फको सचिव बनेका पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित