गोली प्रकरण : पेस्तोल र लागूऔषधसहित समातिए दुई जना

काठमाडौं । काठमाडौँको गोठाटारबाट प्रहरीले पेस्तोल र लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएकोमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्।

लागुऔषध तथा पेस्तोलसहित रहेका भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसपी रबिन्द्र रेग्मीले बताए।

करिमको दाहिने तिघ्रामा गोली लागेको छ। उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ। करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल बरामद गरेको छ।

यस्तै, डिजीटल तराजु थान–१ र नगद रू५० हजार समेत बरामद भएको प्रहरीले जनाएको छ।  उनको साथबाट दुई सय ग्राम लागुऔषध ब्राउनसुगर पनि बरामद भएको एसपी रेग्मीकाे भनाइ छ ।

घटनामा संलग्न रहेका झापाको कचनकवल गाउँपालिका–७ स्थायी वतन भएका वर्ष ३७ को हर्कबहादुर लिम्बु समेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका हर्कबहादुर लिम्बु २०७४ चैत २९ गते मानव बेचबिखन मुद्दामा कारबाही भई ५ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित